काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न उद्घाटन र शिलान्यास लगायतका काममा सहभागी हुन् चितवन गएका छन्।
अध्यक्ष दाहाल राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उदघाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन्।
एक हप्ता अघि मात्र दाहाल चितवनका विभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए। स्थानीय तह निर्वाचन नजिकिएपछि दाहाल अहिले देश दौडाहामा व्यस्त छन् ।