नुवाकोट। विदुर नगरपालिकाको ‘वडा नम्बर ५ निबुवाडाँडामा एक वडा एक पार्क’ अवधारणाअनुसार गंगटे बाल उद्यान तथा शान्ति पार्क निर्माण गरिएको छ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले एक कार्यक्रमका बीच उक्त पार्कको उद्घाटन गर्दै वनजंगलमा भौतिक संरचना निर्माण गर्नसकेमा पर्यटकलाई भुलाउने गतिलो गन्तव्यस्थल बनाउन सकिने बताउए। जसले गर्दा यस स्थानको आर्थिक क्षेत्रमा पनि टेवा पुग्नुका साथै यस क्षेत्रका अन्य संरचनाको पनि प्रचारप्रसार हुनेछ।
खाली रहेको सार्वजनिक जमिनको सदुपयोग गरेर आर्थिक पक्षलाई सबल बनाउने सम्भावना धेरै रहेको र नीति नियम र योजना बनाउँदा उत्पादन, उद्योग र रोजगारलाई विशेष प्राथमिकता दिनुपर्नेमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले जोड दिनुभएको छ।
बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको सयुक्त बजेट एक करोड भन्दा माथीको लगानीमा पार्क निर्माण गरिएको हो। वडा नम्बर ५ का वडाध्यक्षका अनुसार पार्कलाई अझै व्यस्थित बनाउन कम्पाउण्ड बनाउनु आवश्यक रहेको छ।
उक्त पार्कमा हेलिप्याड, पानीको फोहोरा, खुल्ला व्यायामशाला, बालबालिकाका लागि खेल्ने पिङ, विश्रामस्थललगायतको संरचना निर्माण गरिएको छ भने अझै व्यवस्थीत बनाउन तयारी भइरहेको छ।