काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा कुर्था–जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन् ।
औपचारिक भ्रमणमा भारतमा रहेको प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदी सहितको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता पछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३२ किलोमिट रेल सेवा निर्माण भएर सञ्चालनको अन्तिम तयारीमा छ । प्रस्तावित जयनगर–विजलपुर हुँदै नेपालको बर्दिबाससम्म ६९ किलोमिटर रेलमध्ये ३२ किलोमिटर मात्रै रेलको लिक तयार भएको छ।
भारतीय सरकारको ८ अर्ब ७७ करोड सहयोगमा जयनगरदेखि बर्दिबाससम्म रेल निर्माण गर्न लागिएको छ।