काठमाण्डौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएकि छिन। धनुषाको हंसपुर नगरपालिकास्थित अमारी नदीमा नवनिर्मित पुलको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सडक पूर्वाधारको विकासविना मुलुकको विकास र समृद्धि सम्भव नभएकाले सडक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएकी हुन्।
नेपालका हरेक सहर र गाउँलाई सडक सञ्जालमार्फत जोड्ने सरकारको नीतिअनुरूप नै अहिले देशभरि तीव्ररूपमा सडक र पुल निर्माण कार्यले तीव्रता पाएको उल्लेख गर्दै मन्त्री यादवले सडक पूर्वाधार निर्माणसँगै मुलुक आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेकिछिन।
शहरी विकास मन्त्रालयको कूल नौ करोड ५० लाखको लागतमा भैरव कन्स्ट्रक्सन प्रालिले सो पुल निर्माण गरेको सडक डिभिजन कार्यालय धनुषाले जनाएको छ।