काठमाडौं । काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७२ सालको भूकम्पले भत्किएको मरू टोलस्थित काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको हो । काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको समितिका अध्यक्षसमेत रहनुभएका बागमती प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो ।
पुनर्निर्माणको काम सकिएपछि शुभ साइत हेरेर गजुरलाई मन्दिरको माथिल्लो भागमा स्थापना गरिने बताइएको छ ।