काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सिरहा जाने भएका छन्। सिरहाको मिर्चैया नगरपालिकामा निर्माण भएको सहिद गेटको उद्घाटन गर्न आज दिउँसो अध्यक्ष दाहाल सिरहा जाने भएका हुन्।
अध्यक्ष दाहालको आज मध्याह्न सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी नेता जीवछ यादवले जानकारी दिए । उद्घाटन पछि मिर्चैयाबासीलाई दाहालले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
सिरहाको मिर्चैया नगरपालिकामा सहिद रामप्रताप साहको नाममा सहिद गेट निर्माण गरिएको छ। सहिद साहकी श्रीमति अहिले मिर्चैया नगरपालिकाकी उपमेयर छिन्।