काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ३ र ८ जोड्ने १८ मिटर लामो पुल निर्माण भएको छ। वाग्मती प्रदेश सरकारको दुइ करोड ६० लाख लागतमा उक्त पुल निर्माण भएको हो।
स्थानीयले वर्षौदेखि केही पर रहेको झोलुंगे पुल तरेर घन्टौं पैदल हिँडेर वनजंगल छिचोल्दै सदरमुकाम र काठमाडौंको सडक भेग पहिल्याउँथ्ये। अब पुल निर्माण भएपछि यो समस्या हटेको छ। उक्त मोटरेबल पुल निर्माण भएपछि सदरमुकाम चौतारा मात्र नभएर काठमाडौंको दुरी पनी छोटीएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी इन्द्रावती–३ का स्थानीयलाई भने नजिकैको बजार सिपाघाट र काठमाडौं जान एकदमै नजिक दुरी हुनेछ। आइतबार वाग्मती प्रदेश पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल शरद र इन्द्रावती गाउँपालिका अध्यक्ष र गाउँपालिका महासंघका महासचिव वंशलाल तामाङले पुल उदघाट्न गर्दै स्थानीयलाई जिम्मा लगाएका हुन्।
स्थानीय सरकार र वाग्मती प्रदेश सरकारको सहयोगमा मोटरेबल पुल र गाउँपालिकाकै बजेटमा अन्य भेगतिर अत्यावश्यक सेवा सुविधा दिइएको इन्द्रावती गाउँपालिकाले जनाएको छ।