फाइल तस्बिर
काठमाडौं। थाइल्याण्डको बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा पन्चर भएको नेपाल एयरलाइन्सको विमान काठमाडौं आइपुगेको छ।
धवनमार्गमा गुड्दै गरेको विमानको पांग्रा पन्चर भएपछि ग्राउण्डेड भएको न्यारोबडी जहाज आवश्यक मर्मतपछि काठमाडौं आइपुगेको हो।
नेपाल वायु सेवा निगमका अनुसार आरए– ४०२ जहाज काठमाडौं आउने क्रममा अप्रिल १ मा पांग्रामा समस्या आएको थियो । त्यसपछि पाइलटले जहाज रोकेर यात्रु तथा कार्गोलाई सुरक्षित रुपमा निकालेका थिए ।
थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको चार ओटै पांग्रा फेर्नुपर्ने सुझाव दिएका थिए । आवश्यक पाग्रां कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को उडानबाट बैंकक पठाइएको थियो । मर्मत सम्पन्न पछि उक्त जहाज बुधवार काठमाडौं अवतरण गरेको हो ।
निगमले उक्त घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्न एक समिति समेत गठन गरेको बिहीवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।