काठमाडौं। नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा क्याप्टेन सुधिर शम्सेर राई र संगिन विसि नियुक्त भएका छन्।मन्त्रीपरिषदको बिहीबार साँझ बसेको बैठकले राई र विसिलाई सञ्चालक समितिको रुपमा नियुक्त गरिएको हो ।
केहि दिन अघि मात्र निगममा रहेका दुई जना संचालकहरु फुरगेल्जे शेर्पा र इश्वरी पौडेललाई हटाइएको थियो।
संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आफू निकटका व्यक्तिहरुलाई सदस्यमा नियुक्त गर्न भन्दै यस अघिका दुई जना सदस्यहरुलाई बैठकमा उपस्थित हुन नदिएर बर्खास्त गरेका थिए ।
हाल नियुक्त भएका राई निगमका पूर्व क्याप्टेन हुन् । यस्तै विसि भने एकिकृत समाजवादीका नेता प्रकाश ज्वालाका छोरा हुन् ।