फाइल तस्बिर
काठमाडौं। बैंककमा टेक अफ गर्ने क्रममा नेपाल वायु सेवा निगमको न्यारोबडी नाइनएन एकेडब्लु विमानमा समस्या देखिएको बारेमा छलफल गर्न उच्चस्तरीय समिति गठन गरिएको छ।
बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेक अफ’ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएको घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरिएको हो।
उक्त घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेगरी निगम व्यवस्थापनले ‘क्वालिटी एस्सुरेन्स डिपार्टमेन्ट’ का निर्देशकको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानविन उपसमिति गठन गरी समितिले आफ्नो काम सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
विमान १ अप्रिल २०२२ सुवर्णभूमि विमानस्थलबाट ‘टेक अफ’गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपछि पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक जाँच गरिएको थियो ।
थाई एयरवेजका प्राविधिक टिमको सुझाव फेर्नुपर्ने पाङ्ग्रा कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को उडानबाट पठाई ३ अप्रिलको बिहान बैंकक पुर्याएर उक्त विमानको मर्मत गरिएको थियो ।