सिन्धुपाल्चोक। चौतारा साँगचोकगढी नगरपालिका–६ टयाँकी डाँडामा बुद्ध पार्क निर्माण गरिएको छ। सो पार्क ६ करोड २१ लाख ५३ हजार लागतमा निर्माण गरिएको हो।
६७ फिट अग्लो बुद्ध पार्कको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका छन्। उक्त बुद्धपार्कबाट जुगल हिमाल, काभ्रेको पाल्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ। आन्तरिक र बाह्रय पर्यटकलाई भित्र्याउन उक्त बुद्ध पार्क निमार्ण गरिएको नगरपालिकाले जनाएको छ।
समुद्री सतहबाट २ हजार १५० मिटर उचाईमा रहेको पर्यटकीय हिमाली गाउँ ओख्रनीमा रहेको चियाबगानसम्म पर्यटक लैजान उक्त बुद्ध पार्कले महत्त्व खेल्ने जनाइएको छ। चौतारा बजार छेउबाट निमार्ण भएको हजार सिढी चढेर बुद्धपार्क पुग्न सकिन्छ। पार्क निर्माण भएसँगै पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ।