काठमाडौं। संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन हेटौंडाले समयमा काम नगर्ने १८ वटा निर्माण कम्पनीलाई सात दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
विभिन्न योजनाहरुको कार्य तोकिएको समयअवधि भित्र सम्पन्न गर्न पटक–पटक लिखित एवं मौखिक रुपमा जानकारी गराउँदा समेत तोकिएको म्याद भित्र सम्पन्न हुन नसक्ने देखिएकाले काम सम्पन्न हुन नसक्नुकोले यो सुचना प्रकाशित भएको मितिदेखि सात दिन भित्रमा लिखित कारण सहित सडक डिभिजन कार्यालय हेटौंडाले १८ वटा निर्माण कम्पनीलाई कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको छ। अन्यथा ठेक्का सम्झौताका शर्त, सार्वजानिक खरिद ऐन, २०६३ तथा सार्वजानिक खरिद नियमावली, २०६४ वमोजिम ठेक्का अन्त्य गर्ने तर्फ कारवाही अगाडी बढाइने सडक डिभिजन कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
