काठमाडौं। बाराको ऐतिहासिक, पुरातात्विकस्थल सिम्रौनगढ नगरपालिका–१० स्थित झरौखर पोखरीको भौतिक पूर्वाधार निर्माणका लागि चार करोड रकम विनियोजन भएको छ। उक्त रकम पर्यटन मन्त्रालयबाट विनियोजन भएको हो।
उक्त पोखरी चौतिस हेक्टर क्षेत्रफलमा फैलिएको छ। सो पोखरिको निर्माणले पर्यटकलाई आकर्षण गर्ने जनाइएको छ। विनियोजित रकमबाट चारैतिर पर्खाल र टटबन्ध निर्माण, हरियाली उद्यानलगायतको काम गरिने सिम्रौनगढ नगरपालिकाले जनाएको छ।
भौतिक पूर्वाधार निर्माण नभएका कारण झौरखर पोखरीमा मत्स्यपालन हुँदै आएको तथा आँम बगैँचाबाट समेत वार्षिक करोडौँको आम्दानी हुने जनाइएको छ। उक्त क्षेत्रमा करिब २० गाउँ रहेको छ भने ५२ पोखरीमध्ये झरौखर पोखरी सबैभन्दा ठूलो र ऐतिहास रहेको जनाइएको छ। पोखरीको बृहत्तर विकासका लागि गुरुयोजना बनाइ कार्यान्वयन गर्न स्थानीयवासीले माग गरेका हन्।
झरौखर पोखरीसँगै सात बिघामा इसरा पोखरी रहेको र त्यहाँ मत्स्यपालन हुँदै आएको छ। जसले उक्त स्थानका स्थानीयको आम्दानीमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।