काठमाडौं। नुवाकोटको प्रसिद्ध भैरवीदेवी मन्दिरको पुननिर्माण सम्पन्न भएको छ। नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिरको पुननिर्माण सम्पन्न भएको हो।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले पूर्वीमोडा भत्किएर मन्दिरमा क्षति पुर्याएको थियो। क्षतिग्रस्त मन्दिर ०७३ सालबाट पुरातत्व विभागले पुननिर्माण थालेको थियो।
नुवाकोटको ठूलो शक्ति पीठको रुपमा भैरवीलाई पूजिन्छ। मन्दिर प्यागोडा शैलीको छ। उक्त मन्दिरको माथिल्लो छाना सुनको जलपयुक्त छ।
गजुरबाहेक छानोमा सुनको जलप हालिएको छ। मन्दिरका टुँडाल र मूर्तिहरु पनि मक्किएकाबाहेक अरु नयाँ निर्माण गरेर राखिएको छ। तल्लो छानो झिँगटी छाइएको छ। समयमा मन्दिर पुनर्निर्माण नभएपछि पटकपटक म्याद थप्दै काम अगाडि बढाइएको थियो।
पुरानो डिजाइनमा जस्ताको तस्तै मन्दिर निर्माण गरिएको पुरातत्व विभागले जनाएको छ। यो मन्दिर १४ औं शताब्दीमा जगज्योति मल्लले पुननिर्माण गराएको इतिहासमा उल्लेख छ। मन्दिरभन्दा केहीमाथि डाँडामा रहेको कालिका, मालिका र भैरवी मन्दिरबाट निस्केको अरिँगालले आक्रमणकारी सेनालाई चिलेपछि हार खाएर बेत्रावती सन्धी भएको जनविश्वास छ।