काठमाडौं। शिवम सिमेन्टका अध्यक्ष डा.सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संघ (म्यान) को प्रथम उप–सभापति पदमा निर्विरोध चयन भएका छन्।
म्यानको चैत्र २६ गते काठमाडौंमा सम्पन्न भएको ४१ औं वार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्फबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना वोर्ड सदस्यमा निर्वाचित भएका छन्। वोर्ड सदस्यहरु मध्यबाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।