काठमाडौं। नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रने मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालनमा आएको छ। नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको हो।
एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ। यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङले जनाएको छ।
उक्त स्थानमा एटिएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन्। पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटिएम सेवा सञ्चालन भएको थिएन।
माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको छ। मनाङको मुख्य आयस्रोत नै पर्यटन हो। विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ। एटिएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको बताइएको छ।
एटिएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायीले जानकारी दिए। पैसा बोकेर मनाङ आउँदा हराउने, चोरी हुने, खर्चको अभावमा यहाँ बस्ने समय छोट्याउनुपर्ने समस्या हटेपछि पर्यटकलाई धेरै सहज भएको छ।
लामो समय मनाङ बस्ने योजनासहित आएका पर्यटकलाई पैसाको अभावमा फर्कनुपर्ने बाध्यता हटेको छ। एटिएम सेवाले पैसाको भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ।