काठमाडौं। आजदेखि हुने भनिएको भद्रपुर–पोखरा उडान स्थगित भएको छ। निजी वायुसेवा कम्पनी बुद्ध एयरले आजदेखि गर्ने भनेको भद्रपुर–पोखरा उडान स्थगित भएको हो।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आएकाओ) को अडिट शुरु भएका कारण भद्रपुर–पोखरा उडान दुई साताका लागि स्थगित गरिएको कम्पनीले जनाएको ।
जहाज पूर्ण रुपमा तयार रहेको तर आइकाओको अडिटको समय भएकाले दुई सातासम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ। पोखरा–भद्रपुर उडान दिउँसे १ २५ बजे र भद्रपुर–पोखरा उडान दिउँसो ३ बजे गर्ने तालिका रहेको थियो। यस रुटका लागि एकतर्फी भाडादर ६ हजार ९ सय तोकिएको कम्पनीले जनाएको छ।
कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले भद्रपुर र पोखरा दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज तयार गरेको छ। भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा दुई रात तीन दिनको योजना रहेको छ।
यसअन्तर्गत दुईतर्फी हवाइ टिक, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको कम्पनीले जनाएको छ।