काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २४ सै घण्टा सञ्चालन हुने भएको छ। आगामी जेठ १५ देखि विमानस्थल २४ घण्टा सञ्चालन हुने भएको हो।
यात्रु र उडानको चाप थेग्न नसकेपछि नागरिक उड्ययन प्राधिकरणले विमानस्थललाई चौबीसै घन्टा संचालन गर्ने भएको हो । देशभरको हवाई यातायातको चाप घटाउन काठमाडौं विमानस्थललाई २४ घन्टा संचालनमा ल्याउन लागेको जनाएको छ ।
त्यसैगरी आगामी बिहीबारदेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग संचालनमा आउने भएको छ ।
वैशाख ८ गतेदेखि आन्तरिक उडान गर्ने बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ वटा वायुसेवाले नयाँ धावनमार्ग प्रयोग गर्ने जनाएको छ ।