काठमाडौं। कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढुन थालेको छ। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार पुगेको हो।
सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्याङ्क हेर्दा दैनिक करिब दुई हजार विदेशी पर्यटक नेपाल आउने गरेको अध्यागमन विभागले जनाएको छ। विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन्। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर करिब अन्त्य जस्तै भएको जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको ज्ञिभुवन अन्र्राष्ट्रिय विमानस्थलले जनाएको छ।
कोरोनाको जोखिम घट्दै गएको अझै पर्यटक बढ्दै जाने विश्वास गरिएको विभागले जनाएको छ। यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कूल ७८ हजार १८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ।
विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यतकको सङ्ख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिड–१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनैपनि कारणले पर्यटक आगमनका प्रभावित नभएमा नेपालमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहने बताइएको छ। नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या निदहुँ बढ्दै गएपछि उनिहरुको सहजताका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ।