काठमाण्डौं। महानगरपालिका नगर कार्यपालिकाको कार्यालय धुम्बाराहीमा धुम्बाराही पार्क बन्ने भएको छ। उक्त पार्कको ठेक्का सारदादेवी निर्माण कम्पनी प्रा.ली गोकर्णेश्वरले ६० लाख भन्दा माथी लागतमा लिएको हो।
काठमाण्डौं जस्तो भिडभाडको सहरमा घरहरुले भएिको ठाउँ त्यो माथी अत्याधिक जनसङ्ख्या भएकोले खाली स्थान कमै मात्रामा पाउँने गरिन्छ त्यो मध्येको एक स्थान धुम्बाराही क्षेत्रमा रहेको यो स्थान पनि हो। जहाँ भुकम्प जस्तो विपत्मा पनि यस स्थानले जनतालाई धेरै सहज बनाएको थियो। भुकम्पले घरमा बस्न त्रसित बनाएपछि खाली रहेको यस स्थानमा बाच्ने आशा राखी धेरै मानिसले यहाँ दिनरात बिताएका थिए।
अहिले पनि बिदाको समय होस् अथवा साँझको समयमा होस् खुल्ला स्थान भएकोले मानिसहरु यहाँ आफ्नो दिन भरिको थकान मेटी आनन्द लिन र चिसो हावा खान आउने गर्छन्। अझ व्यवस्थीत र सुविधा सम्पन्न बनाउनको लागी उक्त स्थानलाइ पार्कको रुपमा निर्माण गर्न लागीएको हो। जसले गर्दा आन्तरिक पर्यटकको संख्या बढ्ने आशा गरिएको छ। उक्त पार्कको निर्माण पछि यस क्षेत्रको आर्थीक पक्ष पनि सवल रहने विश्वास गरिएको छ।