काठमाडौं। खोटाङको ह्वाङखोलमा झोलुंगे पुल निर्माण हुने भएको छ। खोटाङको रावाबेँसी गाउँपालिका–५ दुवेकोलस्थित चिण्डेश्वरा र ऐँसेलुखर्क गाउँपालिका– ७ माक्पास्थित चैन्टारको सिमाना ह्वाङखोलमा झोलुंगे पुल निर्माण हुने भएको हो।
संघीय सरकार र रावाबेँसी गाउँपालिकाको रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ। पुलको अभावमा आवतजावतमा समस्या भोग्दै आएका स्थानीय पुल निर्माण हुने भएपछि खुसि भएका छन्।
शुक्रबार गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, दुवेकोलका वडाध्यक्ष गणेश थापा मगरलगायतको उपस्थितिमा सोही गाउँकी बुद्धिजीवी रेनुका थापा मगरको हातबाट पुल शिलान्यास गरिएको छ। उक्त स्थानमा पुुल बनेपछि चिण्डेश्वरा र चैन्टारका बासिन्दालाई वारिपारि आवतजावतमा सहज हुने स्थानीयले बताएका छन्।