कैलाली। कैलालीको अत्तरिया चोकमा राजा महेन्द्र शाहको सालिक अनावरण गरिएको छ।
सालिक पुनर्निर्माण समिति गोदावरी अत्तरियाले स्थानीयको पहलमा सोमबार राजा महेन्द्र शाहको सालिक राखेको हो।
सालिकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका हुन् । २०६२–६३ को जनआन्दोलनका क्रममा तत्कालीन सालिक भत्काइएको थियो।