काठमाडौं। पछिल्लो एक सातामा १ सय ११ जनाले हिमाल आरोहणको अनुमति लिएका छन्। पर्यटन विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा ११ सय मानिसले हिमाल आरोहणको अनुमति लिएका छन्।
गत वर्ष सन् २०२१ को तुलनामा यस वर्ष पर्वतारोहण गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
विभागको तथ्यांक अनुसार यसवर्ष हालसम्म ८०० जनाले पर्वतारोहरणको अनुमति लिइसकेका छन् । गत वर्ष वसन्त याममा ७ सय ४२ जनाले अनुमति लिएका थिए ।
यस वर्ष देशभरका विभिन्न २३ हिमालमा ९८ समूहका आरोहण दल चढ्नेछन् । जसमा नेपालसहित ७२ मुलुकका ६ सय २६ जना पुरुष र १ सय ७४ जना महिला छन् ।
पर्वतारोहीहरुबाट मंगलबारसम्ममा ४२ करोड ९४ लाख ६२ हजार २ सय ८६ रुपैंया रोयल्टी प्राप्त भएको विभागले जनाएको छ ।