काठमाडौं। दार्चुलाको अपी हिमाल गाउँपालिका–१ स्थित धौलीओडारमा पर्यटकीय आवासगृह निर्माण गरिएको छ। सुदूरपश्चिम उद्योग पर्यटन वन वातावरण मन्त्रालयको कूल २५ लाख लागतमा भवन निर्माण गरिएको हो।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रभित्र संरचना बनेकोमा आपत्ति जनाएको छ। डिभिजन वन कार्यालय दार्चुलाले पर्यटकीय आवासगृह निर्माण गर्दा अपी नाम्पा संरक्षण क्षेत्रसँग समन्वय गरिएको बताएको छ।
यसैबीच सोही मन्त्रालयकै सहयोगमा व्यास गाउँपालिका–१ तिङ्करको डोकाङमा पर्यटकीय आवासगृह निर्माण भएको छ। जिल्लाको दुई ठाउँमा पर्यटकीय आवासगृह निर्माण भएको हो। डोकाङमा काठबाट आवासगृह निर्माण हुन नसक्ने भएपछि ट्रसबाट निर्माण गरिएको हो। कूल २५ लाख लागतमा भवन निर्माण भएको हो।