रसुवा। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हप्तासम्म सरसफाइ गरिएको छ। २७ औं वन्यजन्तु दिवसको अवसरमा वैशाख १ गतेदेखि ७ गतेसम्म सरफाइ कार्यक्रम गरिएको हो।
निकुञ्ज क्षेत्रमा पर्यटकीय स्थलहरूको संख्या धेरै रहेको र फोहोरका कारण नकारात्मक सन्देश जाने भएकाले सरसफाइ गरिएको बताइएको छ ।
वैशाख १ मा धुन्चे गोसाइकुण्ड पदमार्ग, वैशाख २ मा हेलम्बु क्षेत्र, वैशाख ३ मा शिखरबेसी रेञ्जपोष्ट, वैशाख ४ मा कालिकास्थान रेञ्जपोष्ट, वैशाख ५ मा स्याफ्रुबेसी र वैशाख ७ गते धुन्चेमा सरसफाई गरिएको छ।
निकुञ्जका कर्मचारी, नेपाली सेना, संरक्षणकर्मी र स्थानीयको सहभागितामा सरसफाइ गरिएको छ ।