हुम्ला। नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको १२२ दशमलव चार किलो मिटर सडकको मर्मत कार्य शुरुभएको छ। जिम्मा लिएको तीन महिनासम्म मर्मत सम्भार गर्नुपर्ने नियमअनुसार सेनाले सडकको सो काम गर्दैआएको हो।
उक्त सडक खण्डमा बर्खाको समयमा अविरल वर्षाका कारणले भत्केको, पहिराले अबरुद्ध भएको क्षेत्रको मर्मतको काम सेनाले गर्दैआएको नेपाली सेनाको बिकास निर्माण दलका योजना प्रमुखले बताउनुभयो।
सेनाका अनुसार यो क्षेत्रमा बर्खाको समयमा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जनभन्दा बढी स्थानमा सडक भत्केको थियो। सोही सडकको मर्मत गर्ने कार्य भइरहेको छ।
धेरै स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइसकेको र अब बाँकी रहेको क्षेत्रमा मर्मतको काम जारी रहेको सेनाले बताउनुभयो। वर्षाको कारणले कालिकोट, बाजुरा र हुम्ला क्षेत्रमा पर्ने सडकमध्ये हुम्लामा बढी क्षेती पुगेको छ। सडक अबरुद्ध भएपछि केही समयका लागि यातायता सेवा समेत अबरुद्ध भएको थियो, जसले गर्दा स्थानीयलाई आउजाउमा धेरै समस्या भएको थियो। जनताको समस्यालाई समाधान गर्न नेपाली सेनाले उक्त सडकको मर्मत गरिरहेका छन्।