काठमाडौं। निर्माण व्यवसायी र उर्जा उत्पादक संस्था नेपाल (इप्पान)ले बिमा समितिको कार्यालय अगाडी धर्ना दिएको छ।
‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस’ पुनर्बीमा निर्देशिकाको विरोध गर्दै निर्माण व्यवसायी र इप्पानले आजदेखि धर्ना कार्यक्रम शुरु गरेका हुन्।
नेपालमा निर्जीवन बीमाको प्रिमियम कम भएको भन्दै बीमा समितिले गत असोज ६ गते जारी गरेको नयाँ निर्देशिकाको विरोध गर्दै आज समितिमा उनीहरुले धर्ना दिएका छन्।
समितिले ‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स बिजनेस’ पुनर्बीमा निर्देशिकामा बीमाको दररेट र शर्तको संशोधित व्यवस्था सम्बन्धी नयाँ निर्देशिका जारी गरेको थियो । जसको नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इप्पान०ले विरोध गर्दै आएको छ ।
निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि विरुद्ध पनि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले वैशाख ११ गतेदेखि निर्माण होलिडे गर्ने घोषणा समेत गरेको छ।