सङ्खुवासभा। सिलिचोङ गाउँपालिकाबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ। सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालयकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेको बताएको छ। सुत्केरी व्यथा लागेपछि उनलाई बुधबार राति प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो।
उच्च रक्तचाप प्रभावित उनको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिकाले जनाएको छ।