मकवानपुर। हेटौंडामा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। हेटौंडा उपमहानगरपालिका–९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक बिहीबार राति तोडफोड भएको हो।
अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए।
पार्कमा बिहान मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेका थिए।
मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ।
भण्डारीका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन्।