नेपालमा बढि मात्रामा झोलुङ्गे पुलहरु रहेको पाइन्छ । राणाकाल देखि सरकारि तवरमा सबै भन्दा धेरै यही पुल रहेको थियो । कम लागतमा बनिने भएकाले दुर्गम ठाउँमा यस्ता पुलहरु धेरै भएको पाइन्छ ।
चन्द्रशम्शेरको पालामा बि.सं. १८६८ मा बागमति नदिमा बनाइएको काठे पुललाइ नेपालको पहिलो पक्की पुलको इतिहासमा लिइन्छ । चन्द्रशम्शेरले ११६ वर्ष पछि काठे पुललाई बिस्थापित गरि काठको ठाउँमा स्टील राखेर पुल बनाएका थिए ।
स्वदेशी इञ्जिनियर कर्णेल कुमार नरसिंह राणाको रेखदेखमा एबरडीनबाट स्टीलका समानहरु ल्याएर पुलहरु निर्माण गर्दै आएको समयमा पुल निकै लामो बनाउनु पर्ने भएकोले झोलुङ्गे पुलको सट्टामा पक्की फलामे पुल निर्माण गरिएको थियो ।
रातोरङ लगाइएको हुँदा उक्त पुललाई रातो पुल भनिएको हो । उक्त पुललाई चन्द्र ब्रिज भन्ने गरिन्थ्यो जुन बि.सं. १९८४ मा निर्माण गरिएको थियो ।