काठमाडौं। भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय भरतपुर चितवनले समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाहिको चेतावनी दिएको छ। महानगरपालिकाले काम नगर्ने २७ वटा निर्माण कम्पनी र फर्म लाइ कारवाहिको चेतावनी दिएको हो।
महानगरपालिकाले कार्यालयसँग ठेक्का तथा कार्यहरु सम्पन्न गर्ने गरि विभिन्न निर्माण कम्पनी र फर्म निर्माण व्यवसायीहरुले सम्झौता गरेपनि निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न नगरेकोले स्पष्टीकरण मागेको हो।
निर्माण कार्य सम्पन्न गर्न यस अघि पनि पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि हाल सम्म पनि सो आयोजनाहरु सम्पन्न नगरेको हुँदा सार्वजानीक खरिद ऐन २०६३ तथा खरिद नियमावली २०६४ र ठेक्का सम्झौताको सर्त मा प्रावधान भए अनुसार ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत जफत गर्ने, कालोसूचिमा रान सिफारिस गर्ने, हर्जाना असुल गर्ने, बाकी निर्माण कार्यको मुल्याङकन गरि ठेक्का सम्झाता बमोजिम सरकारी सम्पत्ति बाकी सरह असुल उपर गर्ने लगाएतका कारवाहि अगाडी बढाउने कार्यालयले जनाएको छ।
यदी यस्ता कारवाही अगाडी बढाउन नपर्ने केही कारण भएमा यो सूचना प्रकाशित भएको सात दिनभित्रमा कार्यालयमा अनिवार्य रुपमा आधिकारिक व्यक्ति स्वयम उल्लेखित स्पष्टीकरण सहित उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
