काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको धर्ना कार्यक्रम शुरु भएको छ। महासंघले वैशाख ८ गतेदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयमा शुरु गरेको धर्ना कार्यक्रम आज पनि शुरु भएको हो।
महासंघले विभिन्न माग राख्दै प्रत्येक दिन विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिँदै आएको छ। महासंघले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही प्रावधान लगायतमा संशोधन तथा खारेजीको माग गर्दै आएको छ।
महासंघले आफूहरुको माग सम्बोधन नभएको भन्दै वैशाख ११ गतेदेखि निर्माण होलिडे घोषणा गरी देशभरका निर्माण कार्य समेत ठप्प पारेको छ। वैशाख १३ गतेदेखि निर्माण व्यवसायी जिल्ला संघहरुले पनि आफ्नो जिल्ला प्रशासन कार्यालयमा र प्रदेश संघहरुले प्रदेश प्रमुखको कार्यालयमा दैनिक एक घण्टा धर्ना दिन शुरु गरेका छन्।