कालीकोटमा सिंचाईको लागी कुलो निर्माण भएको छ। वषौँ देखी सिंचाईका लागी कुलोको अभावमा रहेका किसानहरु अब छिट्टै सिंचाई गर्न पाउने भएका छन्। एक करोड भन्दा माथीको लागतमा कुलो बने पछि किसानले सिंचाई गर्न पाएका हुन्।
उक्त कुलोबाट यस क्षेत्रका १ सय ८३ घर लाभान्वित भएका छन्। कुलो बनेर सिंचाई गर्न पाउनुको खुसी सँगसगै कामगरेबापत ज्याला पाउदा खुसी भएको स्थानीयले बताए। ९ सय १५ जना नागरीकलाई सिँचाइ सुविधा दिएको पारौटी बहुउद्देशीय पानी प्रणालीले वषौँदेखी बाजो रहेको जमिन सहित प्रयोगमा ल्याएको छ।
करिब ६ किलोमिटर पक्की कुलोसँगै खेतियोग्य जमिन भएको स्थानमा सात वटा पोखरी समेत निर्माण भएका छन्। सुक्खा समयमा कुलोको पानीलाई रिजर्ब गरेर सिँचाइ गर्ने उद्देश्यका साथ उक्त पोखरीहरुको निर्माण गरिएको क्याफ्स कर्णाली परियोजनाका संयोजकले बताए।
उक्त सिँचाई कुलोलगाएतका संरचनामा काम गर्ने उपभोक्तामार्फत १ सय ३० जना थिए। कृषि विकास कार्यालय कालीकोटका अनुसार अतिविपन्न परिवारबाट कामदार छनोट गरिएको हो। परियोजना सम्पन्न भएपछि सहजीकरणको जिम्मेवारी निकाय मानव अधिकार तथा वातावरण विकास केन्द्र नेपालले जिल्ला समन्वय समिति, गाउँपालीका वन डिभिजन, कृषि विकास कार्यालय लगाएतका क्षेत्रबाट अनुगमनसमेत गराएको थियो।