काठमाडौं। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत रु एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन गरेको छ। जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो।
भरतपुर वितरण केन्द्रले बिद्युतको पोल प्रयोग गरेबापत रु एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा.लि. ले जनाएको छ।
यस्तै ब्रोडलिङ्क, वेबसफर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एन्जियटा एन सेलले पोल प्रयोग बापतको राजश्व बुझाएका हुन्। जिल्लामा अझै सिम टिभी र क्लासिटेक कम्युनिकेशनले रु ३०।३० लाख बुझाउन बाँकी रहेको बताइएको छ। अन्य स–साना कम्पनीहरु प्नि रहेको र उनीहरु राजश्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ।
कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरुले राजश्व बुझाउन थालेका हुन्।