काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार (आज) बालुवाटारमा गर्ने भनेको धर्ना कार्यक्रम स्थगित भएको छ। मुख्यसचिवले महासंघलाई वार्ताका लागि बोलाएपछि व्यवसायीहरुले धर्ना कार्यक्रम स्थगित गरेका हुन्।
मुख्यसचिवको मौखिक आश्वासन अनुसार वार्ताका लागि बोलाइएको र प्रधानमन्त्री निवास अगाडी गर्ने धर्ना स्थगित गर्न आग्रह गरिएकाले स्थगित गरिएको महासंघले जनाएको छ। महासंघले जिल्ला र प्रदेशहरुको पूर्ववत आन्दोलन कार्यक्रम यथावत रहने जनाएको छ।
निर्माण व्यवसायीहरू निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, आयोजनाहरूको म्याद थप, सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्चाउनुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन् । गत वैशाख ८ गतेदेखि आन्दोलनमा उत्रिएका व्यवसायीहरुले वैशाख ११ गतेदेखि निर्माण होलिडे घोषणा गरी देशभरका सम्पूर्ण निर्माण कार्य समेत रोकेका छन्।
.jpg)