काठमाडौं। निर्माण व्यवसायी महासंघ सूदुरपश्चिमले आज पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय अगाडी धर्ना दिएको छ। वैशाख १३ गतेदेखि देशभरका जिल्ला संघ र प्रदेश महासंघहरुले शुरु गरेको धर्ना कार्यक्रम अन्तर्गत सूदुरपश्चिम महासंघले आज तेस्रो दिन पनि धर्ना दिएको हो।
.jpg)
निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको संशोधनमा भएका केही त्रुटि लगायतको संशोधन तथा खारेजीको माग गर्दै देशभर निर्माण व्यवसायीहरु आन्दोलित भएका छन्।
.jpg)
गत वैशाख ८ गतेदेखि निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिइरहेको थियो। मागको सुनुवाइ नभएपछि महासंघले बिहीबारदेखि प्रधानमन्त्री कार्यालय अगाडी धर्ना दिने घोषणा गरेपछि मुख्यसचिवले वार्ताका बोलाएको भन्दै महासंघले आजको धर्ना कार्यक्रम स्थगित गरेको छ। तर महासंघले जिल्ला र प्रदेशका आन्दोलनका कार्यक्रम यथावत रहने बताएसँगै सूदुरपश्चिमका निर्माण व्यवसायीले पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन्।
.jpg)
व्यवसायीहरुले आफूहरुको माग पूरा नभएसम्म धर्ना दिइरहने बताएका छन्। शान्तिपूर्ण धर्नाबाट पनि सम्बिन्धीत निकाय संवेदनशील नबने कडा आन्दोलनमा उत्रिन बाध्य हुने व्यवसायीहरुको चेतावनी समेत छ। निर्माण व्यवसायीहरुले वैशाख ११ गतेदेखि सम्पूर्ण निर्माण कार्य रोकेर बसेका छन्।
.jpg)
.jpg)
तस्बिर : दिनेश सिंहकाे फेसबुकबाट