पूर्वी नवलपरासी। कावासोती नगरपालिकाको रुदौली गाउँमा हावाहुरीले पोल ढल्दा विद्युत अवरुद्ध भएको छ। शुक्रबार साँझको हावाहुरीले पोल ढाल्दा गाउँका ४ सय घरमा विद्युत् अवरुद्ध भएको हो।
कावासोती नगरपालिका वडा नम्बर १२ रुदौलीमा हावाहुरीले १३ वटा पोल ढालेको छ। ढाल्दा त्यहाँका करिब ४ सय घरमा विद्युत् आपूर्ति रोकिएको हो । त्यहाँ करिब एक दर्जन घर तथा गोठको छानो उडाएको छ ।
स्थानीय राज चापागाईंका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि विद्युत् प्राधिकरण कावासोती शाखामा खबर गरेपनि टोली शनिबार बिहान फिल्डमा आएको छैन ।
विद्युत् प्राधिकरण कावासोती शाखाले धेरै स्थानमा हावाहुरीले पोल ढलेका कारण नयाँ पोल पठाउने र काममा खटाउन थालिएको जानकारी दिएको छ ।