रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–८ डकुरसिं डाडामा नेपालकै अग्लो गणेशको मूर्ति स्थापना गरीएको छ । बिहीबार जिल्लामा साढे २१ फिट अग्लो गणेश मूर्तिको स्थापना गरिएको हो ।
मूर्ति स्थापना गर्ने कार्यमा संलग्न ईन्जिनियर हिरण्यप्रसाद पौडेलले यो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति भएको जानकारी दिएका हुन्।
रामेछापको पर्यटकिय स्थान डकुरसिंडाडामा गणेशको मूर्ति स्थापनाका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत योजना कार्यान्वयनमा ल्याएको हो ।
यो मूर्ति निर्माणका लागि करिव ३० लाख खर्च भएको बताइएको छ । भारतीय कारिगढले गणेशको मूर्ति तयार गरी स्थापना गरेको पर्यटन क्षेत्रका अगुवा हिरण्यप्रसाद पौडेलले बताए।