काठमाडौं। प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका २१ वटा उडान रद्द भएका छन्। आन्तरिक उडानतर्फ शनिबार १६१ उडान तोकिएकामा बिहानैदेखि ‘भिजिबिलिटी’ कम भएपछि उडान रद्द भएका हुन्।
आठवटा उडानलाई अन्यत्रै डाइभर्ट गरिएको छ। उडान रद्द हुनेमा नेपाल एयरलाइन्सका दुई, ताराका छ, बुद्वका आठ, श्री एयरलाइन्सका एक, समिटका दुई र सीता एयरका दुईवटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ।
मौसमका कारण काठमाडौँसहित भरतपुर, फाप्लु, जनकपुर, तुम्लिङटार, नेपालगञ्ज र लुक्लामा हुने उडान प्रभावित भएको विमानस्थलले जनाएको छ। मौसम सुधार भएपछि दिउँसोदेखि उडान तथा अवतरण सुरु भएको बताइएको छ।