काठमाडौं। वुद्ध एयरको जहाजको टायर पड्किएपछि अवरुद्ध भएको भैरहवाको गौतमवुद्ध विमानस्थलमा उडान– अवतरण फेरि सञ्चालन भएको छ।
शनिबार दिउँसो काठमाडौंतर्फ आउँदै गरेको वुद्ध एयरको जहाजको टायर टेकअफका क्रममा पड्कियपछी जहाज रनवेमै अड्किएको थियो। जहाज धावनमार्गबाट ट्याक्सी वेमा सारिएको र प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ।
शनिबार अपरान्ह ४ बजेपछि दुई हजार ५०० मिटर धावनमार्ग खुला गरेर रोकिएको जहाज उडाइएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवाले जानकारी दिएको छ।