काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विद्युत प्राधिकरणले उद्योगमा १८ घण्टासम्म लोडसेडिङ भइरहेको बताएका छन्।
पूर्व बजेटकालिन छलफल कार्यक्रममा बोल्दै गोल्छाले विद्युत निर्यात गर्ने हल्ला गरेर विद्युत प्राधिकरणले उद्योगमा १८ घण्टासम्म लोडसेडिङ गराइरहेको बताएका हुन्।
महासंघले अर्थमन्त्री जनार्दन शर्मासहितका आर्थिक क्षेत्रका विज्ञ राखेर गरेको छलफलमा अध्यक्ष गोल्छाले भने, ‘विद्युत निर्यात गर्ने भनेर हल्ला चलाउने तर उद्योगलाई १८ घन्टासम्म लोडसेडिङ गर्ने काम भएको छ।’ उनले विद्युत प्राधिकरणले खेलाची गरिरहेको आरोप लगाए।
उनले उद्योगलाई वैकल्पिक उर्जाको तयारी गर्न नदिई विद्युत कटौती गर्नु दुखद भएको टिप्पणी गरेका छन्। उनले अहिले उद्योगीको लागि निक्कै कठिन समय रहेको बताए।
अध्यक्ष गोल्छाले भने, ‘बैंकबाट ऋण पाइँदैन। ब्याजदर बढेको छ। उर्जा संकट बढेको छ। तर सरकारले कुनै चासो देखाएको छैन।