अछाम। दोधारा–चाँदनी क्षेत्र पुनः सडक सञ्जालमा जोडिएको छ । कात्तिक पहिलो साताको बाढीले पहुँच मार्ग भत्काएर सडक सम्पर्क विच्छेद भएको दोधारा–चाँदनी क्षेत्र पुनः सडक सञ्जालमा जोडिएको हो ।
महाकाली नदीमा निर्माणाधीन पक्की पुल निर्माण गरिरहेको कम्पनीले अस्थायी पहुँच मार्ग बनाएर आवागमन सहज भएको हो ।
पक्की पुलसँगै पहुँच मार्ग जोडिएपछि अहिले दोधारा–चाँदनी क्षेत्रका बासिन्दालाई सवारीसाधन आवागमनमा सहज भएको छ । पहुँच मार्ग बाढीले भत्काएपछि स्थानीयले एम्बुलेन्स तथा विवाह लगायतका लागि समेत भारतको बाटो प्रयोग गर्नुपरेको थियो । झोलुंगे पुलबाट दुईपांग्रे सवारीसाधन मात्रै आवागमन गर्न सकिन्छ । साँझबिहान आउजाउ गर्नेको भीडले निकै समस्या हुन्छ ।
अहिले पैदलयात्रुदेखि साना ठूला सवारी साधन पक्की पुल भएरै आउजाउ गरिरहेका छन् । ठूला लोड गाडीबाहेक सबैलाई आउजाउ गर्न दिइएको छ । बिरामीलाई अस्पताल ल्याउनेदेखि विवाह आदीका सवारी साधन आउजाउमा निकै सहज भएको छ । महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम सकिएको छ ।