नेपालमा झोलुङ्गे पुल राख्ने अभियान राणा प्रधानमत्री चन्द्रशमसेरले बि.सं. १९६० मा नै गरेका थिए भने देवशम्शेरको शासनकाल देखि झोलुङ्गे पुलको निर्माण गर्न थालियको थियो । उपत्यकामा मात्र नभइ दुर्गम गाँउहरुमा पनि करिब एक सय बर्षअघि नै थालनी भएको थियो । झोलुङ्गे पुलको लागि आबश्यक फलामे सामग्रीहरु को लागि भने ७००० किमी भन्दा टाढा रहेको स्कटल्याण्डको उत्तरी शहर एबरडीनसंग नाता गाँसिएको थियो ।
शुरुका दश वर्ष जति लुइस हार्पर कम्पनीले नेपालमा झोलुङ्गे पुलहरु बनाएका थिए भने पछि जोन एम हेन्डरसन कम्पनीले झोलुङ्गे पुलहरु बनाएका थिए । जोन एम हेन्डरसन कम्पनी कम्पनीका एक्ला मालिक जोन मैकडोनाल्ड हेन्डरसनले १८८० सम्म आइपुग्दा फलामे पुलका सामग्रीहरु तैयार गर्न थालका थिए भने १९२७ मा आइपुग्दा पानीजहाज कारखाना पनि शुरु गरेका थिए । यहि कम्पनीलाई नेपालमा सय भन्दा बढि झोलुङ्गे पुलहरु बनाउन जिम्मा दिइएको थियो ।
बिसं १९६४ मा हेन्डरसन कम्पनीले पहिलो नमुना पुलको रुपमा सुनकोशी नदि माथी पुल बनाएको थियो । तर उक्त पुललाई २०४२ सालमा आएको ठूलो बाढीले बगाएर लगेको थियो । त्यसपछि भने नेपालका बिभिन्न ठाउँमा आधुनिक पक्की झोलुङ्गे पुलहरु निर्माण गरिएको थियो । पछिल्लो समय ५० वर्ष अगाडि सम्म ४०\५० वटा फलामे पुलहरुमा जोन एम हेन्डरसन एण्ड कम्पनी लिमिटेडू को नाम राखिएको भेटिन्थ्यो । चोभारको पुल, मर्स्याङ्दीको तार्कुघाटको पुल, धाडिङको आँखुखोलाको पुल आदि पुलमा उक्त कम्पनीको नाम लेखिएको फलामे झोलुङ्गे पुल देखिन्थ्यो ।
कास्कीमा चन्द्र पुल पोखराबाट उत्तर पूर्वमा रहेको सानो गुरुङ गाउँ मौजा जाने पुल थियो । उहिले गाउँलाई मौजा भनिने भयकोले गाउँको नाम नै मौजा रहन गयो । चन्द्रशम्शेरले यहीँ मौजा जान असहज हुँदा स्वयं इञ्जिनियर नै खटिइ झोलुङ्गे पुल बनाउन लगाएका थिए । यो झोलुङ्गे पुलमा चारवटा लामा पिलरहरुमा मोटो तार लट्काएर बनाईएको र हिड्ने भागमा काठका फल्याकहरु राखिएका थिए ।