काठमाडौं। जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो।
विमानस्थलको सुरक्षामा नेपाल प्रहरीले खट्दै आएको थियो। प्रहरी स्थानीय तहको निर्वाचनका लागि खटिन थालेपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।
आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् । जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा उनीहरू खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने बताए ।
अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् । एक्सरे मेसिन तथा विमानस्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरषका लागि पुरुष प्रहरी खटेका छन् ।