काठमाण्डौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकिछिन। मन्त्रालयमा हिजो भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गरेकिहुन।
सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै आजदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन। उनले भनिन , “विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो।
विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरिन। उनले भनिन , “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन्।”