काठमाडौं । जर्सिङपौवामा एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईनको शिलान्यास गरिएको छ । काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो ।
जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकाले धार्मिक र अन्य पर्यटकलाई जोड्न सघाउ पुर्याउने आश गरिएको छ । जिपलाइनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका लेख्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ट रहेको सञ्चालक नविन हुमागाईले बताएका छन् ।
करिब आठ करोड लागतमा निर्माण हुन लागेको जिपलाईन ६ महिनामा निर्माण पूरा भइ सञ्चालनमा ल्याइने बताइएको छ ।उपकरण देखि दक्ष जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुक बाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ ।