काठमाडौं। कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकामा र्याफ्टिङ सञ्चालन भएको छ। पर्यटन प्रवद्र्धनका लागि यी दुई गाउँपालिकाले कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेपछि र्याफ्टिङ सुरु गरिएको हो।
पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचालझरना गाउँपालिकाको लाफा पडेक्षासम्म चार किलोमिटरमा र्याफ्टिङ सञ्चालन गरिएको छ।
पलाँता गाउँपालिकाले नेपालकै अग्लो झरना पचालझरना हेर्न आउने पर्यटकलाई थप सुविधा र मनोरञ्जन दिन र्याफ्टिङ सञ्चालन भएको जनाएको छ। र्याफ्टिङले आन्तरिक आय वृद्धि हुनुका साथै स्थानीय रोजगारीसमेत सिर्जना हुने आशा गरिएको छ।
रास्कोट नगरपालिकाले र्याफ्टिङ सफल भएको चर्चा गर्दै शुल्क न्यूनतम राखिने जनाएको छ। अब कर्णाली नदीमा र्याफ्टिङ निरन्तर सञ्चालन हुनेछ।