काठमाडौं। प्युठान जिल्लाको गौमुखी गाउँपालिकामा रहेको झिमरुक खोलाले निर्माणाधिन पुलको सामग्री बगाएको छ। ढलान गर्न राखिएका सामग्री सोमबार आएको बाढीले बगाएको हो।
पुल निर्माण सामग्री बगाउदा ४० लाख बराबरको क्षती भएको निर्माण व्यवसायीले बताएका छन्। निर्माणस्थलमा राखिएका सिमेन्ट, छड, काठ, सरिया, पाइप, मिक्चर, गिट्टी, बालुवा, पानी तान्ने मोटर बगाएको हो।
निर्माणाधिन ७२ मिटरको रहेको उक्त पुल ३५ मिटरको दोस्रो ढलान गर्न तयारी अवस्थामा रहेको निर्माण व्यवसायीले बताए। ३५ मिटर बराबरको पहिलो कामको ढलान सम्पन्न भईसकेको बताइएको छ।
उक्त पुलको ठेक्का सडक पूर्वाधार विकास कार्यालय प्यूठानअन्तर्गत ५ करोड ६६ लाख रुपैँयामा न्यु–सगरमाथा मल्लरानी इशान जेभिले पाएको थियो।