काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्लापछि रोकिएको उडान सञ्चालनमा आएको छ। बुधबार बिहान एक अपरिचित व्यक्तिले विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखेको छु भन्दै टेलिफोन गरेपछि आन्तरिक उडान प्रभावित भएको थिए।
महानगरीय विमानस्थल सुरक्षा कार्यालय प्रमुख भीम ढकालका अनुसार अहिले आन्तरिक उडान पुन सञ्चालनमा आएको जानकारी दिए।
बम खोजी गर्न सेना परिचालन भएपनि बम नभेटिएको उनले बताए। बम राखिएको हल्लामात्र रहेछ, अहिले विमानस्थल सुचारू भइसकेको छ, प्रमुख ढकालले भने, टेलिफोन गर्ने व्यक्तिका बारेमा हामीले अनुसन्धान गरिरहेका छौं।’