काठमाडौं। आगामी जेठ ९ गतेदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु हुने भएको छ।कोरोनाका कारण रोकिएको काठमाडौं–बनारस उडान निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आगामी जेठ ९ गतेदेखि पुन सुरु गर्ने भएको हाे।
कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको थियो। उक्त गन्तव्यमा बुद्धले हप्तामा दुईदिन सोमबार र शुक्रबार उडान गर्ने जनाएको छ । सुरुवाती चरणमा सातामा दुई उडान गर्ने तयारी गरेको बुद्धले उडान सुरू भएको केही समयपछि बुधबार समेत उडान गर्ने जनाएको छ ।
५० मिनेटको काठमाडौं–बनारस बिहान ७ः१५ र बनारस–काठमाडौं भारतीय समय ८ः३० मा उड्ने कम्पनीले जानकारी दिएको छ। बुद्धले २०७५ को असारदेखि बनारस उडान गर्दै आएको थियो । बुद्धले उक्त गन्तव्यमा एटीआर–७२ विमानबाट उडान गर्ने छ ।